ङादी ग्रुप पावरको हकप्रद सेयर आजदेखि लिलामीमा

ङादी ग्रुप पावर लिमिटेडले आजदेखि अवतरित हकप्रद सेयर बोलकबोल माध्यमद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर आइतबारबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
उक्त सेयरमा १३ असोजसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेका छ । यसर्थ आवेदन दिँदा न्यूनतम १०० रुपैयाँ कबुल गरि आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ ।
सेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । क्यापिटलको कार्यालय नक्साल तथा सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल , घोराही, नेपालगन्ज, सुर्खेत, धनगडी र महेन्द्र नगर शाखाबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
तस्बिरमा यस्तो देखियो 'ऊनको स्विटर' को प्रिमियर
-
अब फिल्मी संगीतमा पनि खेम सेन्चुरी
-
कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु
-
दलीय भागबण्डामा गरिएको पुरस्कार वितरणमा प्रेस सेन्टरको आपत्ति
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते