मुगुको स्याउले बजार पाएन
बुधबार, ०५ असोज २०७९, १२ : १५
मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् ।
स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”
यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ, तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै सकस
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
-
बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न