नेपाल आइन् भुटानी अभिनेत्री उगेन
बिहीबार, ०६ असोज २०७९, १२ : २८
फिल्म ‘२ नम्बरी’मा अभिनय समेत गरेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । उनी बिहिबार बिहान नेपाल आएकी हुन् ।
फिल्म ‘२ नम्बरी’ प्रमोसनका लागि उगेन नेपाल आएको निर्माता किरण नेपालीले बताए । उनी केही अगाडि फिल्मको छायांकन सकाएर भुटान फर्किएकी थिइन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘२ नम्बरी’ को ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । कलाकार नहुँदा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।
फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राई छन् । फिल्ममा उगेन, दयाहाङको अलवा उपासना सिंह, सौगात मल्ल लगायतको अभिनय छ । फिल्म २ साथीको मित्रताको कथामा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण