कांग्रेस प्रदेश सभापति यादव प्रदेशसभा सदस्यमा चुनाव लडने

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतह– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को (ख) मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए ।


५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिकाको – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ (ख) को प्रदेशसभा सदस्यमा आफ्नो उम्मेदवारी रहने सभापति यादवले बचाए । मधेस कांग्रेसले सभापति यादवलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेर जाने तयारी छ ।



रौतहट– १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएपछि प्रदेश सभापति यादव प्रदेशसभाको चुनाव लड्न भएका छन् । कार्यक्रममा गठबन्धनका विभिन्न पार्टीका नेता–कार्यकर्ताहरुको समेत उत्साहपूर्ण सहभागिता थियो  ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।