रुकुम पूर्व दुर्घटनाका घाइतेको उद्दार गर्न सैनिक हेलिकप्टर परिचालन
बिहीबार, ०६ असोज २०७९, १७ : ४०
रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित क्याङसीमा भएको दुर्घटनाका घाइतेलाई उद्दार गर्न सेनाको हेलिकप्टर परिचालन गरिएको छ । बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा सेनाको हेलिकप्टर परिचालन गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पठाइएको सह–सचिव पोखरेलले जानकारी दिए । काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ स्थित क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ घाइते छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा