नक्सामै नभएको टुकुचाको पूर्वसम्भाव्यता अध्ययन

नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न । तर महानगरले भने सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सुधार आयोजनाले गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टलाई पछ्याएर भूमिगत टुकुचा खोतल्न सुरु गरेको छ ।
नापीनक्सा नै भएको भूमिगत टुकुचाको कसरी पूर्वसम्भाव्यता अध्ययन रिपोर्ट तयार भयो ? महानगरपालिकाले भूमिगत टुकुचा खोला खुला गर्न सुरु गरेपछि यो प्रश्न उठेको छ ।
सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती सुधार आयोजनाले टुकुचा खोलाको पूर्वसम्भाव्यता अध्ययन गरेको हो । आयोजनाले टुकुचाको पानीको मात्रा मापन गर्ने प्रयोजनका लागि मात्र पूर्वसम्भाव्यता अध्ययन गरी रिपोर्ट तयार गरिएको प्रष्ट पारेको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बीमा प्राधिकरणमा इजलास सुरु
-
गृहमन्त्रीलाई संसद्मा बोल्न दिनेबारे विपक्षी दलहरूले के गर्यो निर्णय ?
-
माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेताहरू छलफलमा
-
किसानलाई मल चाहिएको छ, सरकारलाई कारखानाको चिन्ता
-
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
-
प्रधानमन्त्री ओलीले ‘कनेक्ट किसान’ को एआईलाई सोधे प्रश्न, दियो उत्तर