रसुवाका २५ वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण
नियमसङ्गत जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ । बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच गाउँपालिकाका सबै नवनिर्वाचित वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी पहिलो पटक दुई दिने अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको बताउँदै जिससका उपप्रमुख विजय लामाले यसबाट सरकारको नीति एवं जारी भएका ऐन नियमबमोजिम जनतालाई दिनुपर्ने सेवा प्रभावकारी हुने अपेक्षा गरे ।
जिल्लाका २७ वडाध्यक्षमध्ये २५ जना सहभागी भएका र उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण, राजस्व सङ्कलन, प्रतिवेदन तयार, माइन्युटबुक तथा मुचुल्का लेखन, योजना तर्जुमा, नागरिकता प्राप्तिको लागि सिफारिस गर्ने तरिकाजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला समन्वय अधिकारी शर्मिला कार्कीले जानकारी दिइन् । यस प्रशिक्षणले वडाबाट सम्पादन गर्ने काम अगाडि बढाउन निकै मद्दत मिल्ने कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेश न्यौपानेले जानकारी दिए ।
राजस्व सङ्कलन, सामाजिक सुरक्षा भत्ता वितरण एवं कम्युटरको प्रविधिअनुरुप लेखा व्यवस्थित बनाउने कार्यमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलले प्रशिक्षण दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण