पाँच वर्ष, सपना अनि जनता
सात दशकदेखि सुखको सपना देख्नु के भुल थियो र जनको
सीमित वर्गलाई अनेकन् नामका तन्त्र लुछाचुँडीमा सत्ता र धनको
हातको रेखा र निधारको लेखा हेर्दै गयो तीन पुस्ता मतदाताको
सपना थिए अनेकन उसका पनि तर भर छ हलो, कोदालो घनको ।
आए सपना हरेक पाँच बर्षमा ब्युँताउँदै अतितका ब्यथा
चार बर्ष नौ महिना नचिन्ने गणहरुलाई दुःखीको पीडा के थाहा
आयो चुनाउ, बोल्छ ललिते बोली उस्तै परे ढोग्छ पाउ नै
गाडी–घोडा लस्कर छन् गणका तर यता झुपडी र खोरिया जेथा ।
हिजो भेट्दा नचिन्ने गणले लौ अचम्म आज बोलायो नामले
झसङ्ग भयो तन यो, जिरिङ्ग भो ज्यान यो ढढेको अनुहार घामले
फुस्रा हातमा हात मिलायो उसले, बिझायो कि मजदुरका ठेला
उ हिँड्छ ढसमस अहा क्या छ फुर्ति चिनिएको छ उल्फाको दामले ।
गर्छ भाषण, भन्छ अब त यो पाँच बर्षमा म गर्छु अचम्म र उल्का
भन्छ समृद्धि आउँछ, छैन अब चिन्ता सबै आङ्गमा घामको झुल्का
बोल्यो उ नानाभाँती, गयो चुनाउ पनि हारे जनता जित्यो उसैले
मतदाताको मनमा काँडा रोपिएको, लायो गणले माला फुलका ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण