बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

शनिबार, ०८ असोज २०७९, १३ : ०५
शनिबार, ०८ असोज २०७९

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको  अपेक्षा गरेका छन्।

‘हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौँ, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता चाहेका छौँ तथापि  यो  कार्य भने जम्मु र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ’ उनले भने।  भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

‘भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,’ पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन् ।

‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ ।  अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो ।
संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७ औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शेहबाज शरीफले देशमा भर्खरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन् ।

‘यो बाढीमा ४०० भन्दा बढी बालबालिका सहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्।  पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ भने प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप