शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा

आइतबार, ०९ असोज २०७९, १० : ५०
आइतबार, ०९ असोज २०७९

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दशैं र तिहारलाई लक्षित गरेर विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ । चोरी, डकैती, लुटपाट र कालाबजारी नियन्त्रण गर्न सुरक्षा योजना लागु गरिएको सोलुखुम्बुका डिएसपी सुनिलजंग शाहले रातोपाटीलाई बताए । 

चोरी, डकैती, लुटपाट जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सदरमुकाम सल्लेरी र जिल्लाका बजार तथा महत्वपुर्ण प्रतिष्ठानहरुमा जडान गरिएको सिसिटिभी प्रहरीले मनिटरिङ शुरु गरेको छ । 

जिल्ल प्रवेश गर्ने पत्ताले नाकामा प्रहरीले डिजिटल निगरानी गर्ने भएको छ । ‘सार्वजनिक सवारीमा चेकजाँच बढाएका छौं’ डिएसपी शाहले भने–‘ट्राफिक र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा सिट क्षमता भन्दा धेरै यात्रु चढाएको भेटिए कारबाही गर्छौं ।’ 

 जिल्ला प्रवेश गर्ने मुख्य सिमा नाका र सगरमाथा राजमार्गमा २४ सै घण्टा  प्रहरी परिचालन गरिएको छ । बैंक, वित्तिय संस्था सुन चाँदी पसल र पैसाको कारोबार हुने स्थानहरुमा अधिकृतको कमाण्डमा प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । 

पाकेटरमा, रकम असुली लुटपाट र चिट्ठा नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको डिएसपी शाहले जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न जिल्लामा  ३ सय ७३ प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप