केयूकेएलमा लफडा : सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा लफडा देखिएको छ । स्वतन्त्र कर्मचारी संगठनको नाममा गोपाल सिंह धामी नेतृत्वको विप्लव समर्थित कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीको हित विपरित व्यवस्थाविरुद्ध नै सिईओले गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै स्वतन्त्र कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् ।
यसअघि काँग्रेस समर्थित भनिएको सारदा कठायत नेतृत्वको लोकतान्त्रिक कर्मचारी संघले समेत आन्दोलनमा एकेवद्धता जनाएपनि अन्तमा आन्दोलनका कार्यक्रम फिर्ता लिएर बाहिरिएको थियो । तर, उपभोक्ताहरूको जनजीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी जस्तो संस्थामा ताला लगाएर आन्दोलन गर्न नहुने भन्दै दुई वटा कर्मचारी संगठन काठमाडौं उपत्यका खानेपानी कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले विरोध जनाएको छ ।
दसैं तिहार जस्तो ठूलो चाडपर्वको मुखमा आन्दोलनका कार्यक्रम गर्नु कुनैपनि हालतमा सही नहुने भन्दै यी दुई संघले ताला बन्दी गर्ने कर्मचारी संगठनविरुद्ध आवाज उठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा