लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला
चाडपर्वलाई लक्षित गरेर लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौंको बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले सोमबार चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना सहित बिदाई गरेका हुन् ।
चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीले चालकलाई सचेत भएर सवारी चलाउन आग्रह गरेका छन् । दुर्घटना न्युनिकरण र कालाबजारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुरक्षित यात्राको कामनासहित चालकलाई फूलमाला प्रदान गरिएको डीएसपी रोकाले रातोपाटीलाई बताए ।
दशैं, तिहार लगायतका पर्वहरू मनाउनका काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दैछ । त्यस्तोमा थप सचेत भएर सवारी साधन चलाउन सो अभियान सञ्चालन गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’