शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पितृ खुसी नभएको भन्दै कुटेर महिलाको हत्या, २३ जना पक्राउ

सोमबार, १० असोज २०७९, २१ : ५७
सोमबार, १० असोज २०७९

रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खामा पितृ खुसी नभएको आरोपमा महिलाको हत्या गरिएको छ । आइतबार  करिब ५२ वर्षीया बिबा माझीको कुटेर हत्या गरिएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । 

हत्या आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । मृतक बिबाकी आमा ७० वर्षीया सुनमाया माझी घाइते छिन् । स्थानीय माझि समुदायले कुटेर सुनमायालाई घाइते बनाएका हुन् । घटनामा संलग्न २३ जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको डिएसपी थिङले जानकारी दिए । 

घाइतेलाई उद्धार गरेर जिल्ला सदरमुकाम मन्थली अस्पतालमा उपचारका लागी भर्ना गरिएको छ । सोह्रश्राद्ध विसर्जन गर्नुअघि त्यहाँका माझीहरुले घाटमा गएर पितृ बोलाउने परम्परा छ । पितृ बोलाउँदा कोही काम्न थालेमा पितृ आएको विश्वास गरिन्छ । त्यसपछि एकदिन पितृ पालेर पर्सिपल्ट नदीमा बगाउने परम्परा छ । बगाएपछि काम्ने क्रम रोकिन्छ । तर, यसवर्ष केही युवा युवतीहरू काम्न नछाडेपछि बिबाकी आमा छोरीका कारण पितृ खुसी नभएको आरोपमा स्थानीयले कुटपिट गरेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थिङले बताए ।

पक्राउ गरिएका आरोपीहरु: 
१. जिल्ला रामेछाप खाँडादेवी गा.पा.९३ सित्खा बस्ने वर्ष १९ को राजेश माझी
२.ऐ.ऐ.बस्ने वर्ष १७ की सपना माझी
३.ऐ.ऐ.बस्ने वर्ष १७ की मनिषा माझी 
४.ऐ.ऐ.​बस्ने वर्ष १६ की सबिना माझी
५.ऐ.ऐ.​बस्ने वर्ष २६ को धन बहादुर माझी
६.ऐ.ऐ.​बस्ने वर्ष १६ को सिरिस भन्ने राम कुमार माझी
७.ऐ.ऐ.​बस्ने वर्ष २३ की बिन्दा माझी
८.ऐ.ऐ.​बस्ने वर्ष १९ को भरत माझी (सानो) 
९.ऐ.ऐ.​बस्ने वर्ष २० को सुरज माझी 
१०.ऐ.ऐ.​बस्ने वर्ष ४० की राधिका माझी
११.ऐ.ऐ.​बस्ने वर्ष ३७ को शिब बहादुर माझी
१२.ऐ.ऐ.​बस्ने वर्ष २२ की सिर्जना माझी 
१३.ऐ.ऐ.​बस्ने वर्ष २४ को भरत माझी (ठुलो)
१४.ऐ.ऐ.​बस्ने वर्ष  २४ को कुमार माझी
१५.ऐ.ऐ.​बस्ने वर्ष २४ को उदय बहादुर माझी
१६.ऐ.ऐ.​बस्ने वर्ष २४ को पुसमान माझी
१७.ऐ.ऐ.​बस्ने वर्ष  ३२ को सुक्र बहादुर माझी
१८.ऐ.ऐ.​बस्ने वर्ष १९ को रामहरी माझी
१९.ऐ.ऐ.​बस्ने वर्ष  ३० को विज्ञान माझी
२०.ऐ.ऐ.​बस्ने वर्ष ५४ को धर्म बहादुर माझी
२१.ऐ.ऐ.​बस्ने वर्ष २६ को सुक्रे माझी
२२.ऐ.ऐ.​बस्ने वर्ष २९ को राजु माझी
२३.ऐ.ऐ.​बस्ने वर्ष २० की संगिता माझी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप