अन्तर्राष्ट्रिय थाहा दिवस मनाइयो
सचेतनामूलक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको छ । बुधवार अन्तर्राष्ट्रिय थाहा दिवसको अवसरमा आयोजित सडक सूचना प्रवाह कार्यक्रम विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे । उनले सूचनाको अधिकार छ, कानून भएपनि प्रक्रियामा नजाँदा आवश्यक समयमा सूचना प्राप्त हुन नसकेको बताए । उनले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमुलक कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय सूचना दिवसले सबैमा सूचनाको हकको अधिकार सहजै पाउनुपर्ने बताए ।
उनले टोल, समाजका मानिसहरुलाई सूचनाको हक माग्नुपर्ने कुरालाई सबैले प्रेरित गर्नुपर्ने बताए । उनले राज्यले सूचना दिवस मनाउनका लागि होटलहरुमा गरेको कार्यक्रमले मात्रै नपुग्ने भन्दै सचेतनाको लागि सरकारी सञ्चारमाध्यमहरुमा प्रचारप्रसार हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले सूचना पाउने र माग्ने मेरो मौलिक अधिकार हो, आफूले तिरेको करले कसरी खर्च भइरहेको छ, जान्ने प्रयास गरौँ, सार्वजनिक निकायका बेथिति र भ्रष्टाचारको अन्त्य गर्न जागरुक बनौँ लगायतका सचेतनामूलक पम्प्लेट टाँसेका थिए ।-न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी कामदारका लागि नयाँ कोटामा रोक कायमै राख्ने मलेसियाको निर्णय
-
तीन महिनापछि खुल्यो हाइटीको मुख्य विमानस्थल
-
कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति
-
चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री
-
बुटवल–बेलहिया सडक १२ वर्षसम्म अधुरै : नयाँ ठेक्काका लागि विभागमा पुग्यो फाइल
-
पल शाहले किन सार्वजनिक गरे प्रहरीसँग मुठभेडको तस्बिर ?