बत्तीसपुतलीमा कोइराला पक्षको चियापान (फोटोफिचर)
बिहीबार, १३ असोज २०७९, १२ : ०३
नेपाली कांग्रेसको शेखर कोइराला पक्षले दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा शीर्ष नेता पनि सहभागी भएका हुन् ।
समान अवसर र न्यायका लागि खबरदारी अभियानमा सहभागी नभएका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी, सञ्जय गौतम लगायत सहभागी छन् । बुधबार दिउँसो नेता कोइराला, महामन्त्री थापा र सह-महामन्त्री बद्री पाण्डेले खबरदारी अभियानको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीसँग भेटवार्ता गरेका थिए ।
त्यसपछि आज चियापान कार्यक्रम राखिएको बुझिएको छ । कोइराला पक्षले समानुपातिक बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षमा न्यायोचित भाग पाउनुपर्ने माग गरिरहेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण