शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भार उठाएर गरिने व्यायामले आकस्मिक मृत्युको जोखिम कम गर्ने अध्ययनको निष्कर्ष

बिहीबार, १३ असोज २०७९, १६ : ११
बिहीबार, १३ असोज २०७९

तौल (भार) बोकेर नियमित व्यायाम गर्दा अकालमा हुने मृत्युको जोखिमलाई कम गर्ने एक अध्ययनले देखाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित अध्ययनलाई यस विषयमा गरिएको हालसम्मको सबैभन्दा ठूलो अध्ययन भएको बताइएको छ । 

व्यक्तिले आफ्नो साप्ताहिक व्यायाममा भार र एरोबिक गतिविधि दुवै समावेश गर्दा थप बढी फाइदा देखिएको अनुसन्धानकर्ताले बताएका छन् । अध्यताले वयस्कहरूलाई हप्तामा कम्तिमा १५० मिनेट मध्यम प्रकारको व्यायाम गर्न वा ७५ मिनेट कडा प्रकारको गतिविधिमा भाग लिन आग्रह गरेको छ । 

साथै अभ्यासकर्ताहरुलाई हप्तामा दुई दिने तिनको खुट्टा, कम्मर, ढाड, पेट, छातीमा ‘बलियो बनाउने व्यायाम’ गर्न प्रोत्साहित गरिएको छ । एरोबिक व्यायामले अकालमा मृत्यु कम गर्नेबारे पहिलेदेखि जानकारी भए पनि अहिलेसम्म भारी वजनका साथ गरिने अभ्यासले पनि त्यस्तै प्रभाव पार्नेबारे स्पष्ट थिएन । 

यो ज्ञानको खाडललाई जोड्ने प्रयासमा, अन्वेषकहरूले वजन बोकेर गरिने ब्यायाम र एरोबिक क्रियाकलापले वृद्ध वयस्कहरूमा अकाल मृत्युको जोखिममा हुने सम्भावित प्रभावको मूल्याङ्कन गरेका थिए । अमेरिकाको रकभिल, मेरील्याण्डस्थित नेसनल क्यान्सर इन्टिच्युटका प्राज्ञको नेतृत्वमा अनुसन्धानदाताले अध्ययन अवधिमा झण्डै एक लाख वयस्कबाट तथ्याकं लिएका थिए । सहभागीहरुको औसत उमेर ७१ वर्ष थिए । र उनीहरुको भारोत्तोलन गतिविधि र अन्य कुनै प्रकारको अभ्यासमा भाग लिएको जानकारी संकलन गरिएको थियो । 
९.६ वर्षसम्म गरिएको अध्ययन अवधिमा २८,४७७ जना सहभागीको मृृत्यु भएको थियो।

अध्ययनले भार उठाउने वयस्कहरुमा ‘सबै प्रकारको मृत्यु जोखिम’ ९ प्रतिशतले कम भएको पाइयो । मुटु रोगले गराउने मृत्युलाई पनि यसले न्युनिकरण गरेको पाइयो । तथापि भारोत्तोलन र क्यान्सरले गराउने मृत्युबीच कुनै सम्बन्ध भेटिएन ।

‘नियमित’ भार उठाउने काममा सहभागीहरुमा मृत्युको जोखिम १४ % कम पाइएको थियो । त्यस्तै एरोबिक गतिविधिको मापदण्ड पूरा गर्नेहरूमा अकाल मृत्यु दर ४२ प्रतिशतले घटेको थियो । एरोबिक गतिविधिसम्बन्धी मार्ग निर्देशन र हप्तामा कम्तिमा एक वा दुई पटक भारोत्तोलन गर्ने वयस्कहरूमा अकाल मृत्युको जोखिम ४१% देखि ४७% कम  भएको पाइयो । 

तौलको प्रयोगले शरीरलाई पातलो बनाउन सक्छ । न्युन वजन(मासपेस)ले अकाल मृत्युलाई न्युनिकरण गर्ने अनुसन्धानदाताले बताएका छन् । यो काम जिममा गर्दा समाजिककरण पनि हुने भएकाले त्यसले थप अतिरिक्त फाईदा गर्छ । समाजिककरण लामो र स्वस्थ जीवनसँग जोडिएको पाइन्छ । 

‘हाम्रो खोजले मृत्युदर जोखिम दुवै प्रकारका व्यायाममा भाग लिनेहरूका लागि सबैभन्दा कम देखिन्छ । एरोबिक र मांसपेशी–सुदृढीकरण गतिविधिहरूमा संलग्न हुन हालको सिफारिसहरूको लागि बलियो समर्थन प्रदान गर्दछ’, लेखकहरूले भनेका छन् । ‘बुढा वयस्कहरूले उनीहरूको शारीरिक गतिविधिको दिनचर्यामा भारोत्तोलन अभ्यासहरू थप्दा लाभ उठाउन सक्छन्’, उनीहरूले निष्कर्ष निकाले।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप