बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

बिहीबार, १३ असोज २०७९, १८ : ४७
बिहीबार, १३ असोज २०७९

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।

उक्त कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त भएकोमा बधाई दिनुका साथै मलेसियामा स्वागत गरेका थिए । राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा ऐतिहासिक सम्बधको बहुआयामिक पक्षमा छलफल समेत गरेका थिए । भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप