भारी वर्षाले दिक्तेलको विभिन्न ठाउँमा क्षति
भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो ।
घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ । वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए । पहिराले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन् । “पीडित राहतका लागि फोन गर्न थालेका छन्”, उनले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिए । वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन् । दसैँ, तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
-
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला
-
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
-
जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
-
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
-
होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ