शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता नेप्से : ३८.६३ अंकले बढ्दा २ अर्ब ६९ करोडको कारोवार

शनिबार, १५ असोज २०७९, १२ : २५
शनिबार, १५ असोज २०७९

पछिल्लो साता सेयर बजारका लागि तुलनात्मक रुपमा सुखद देखिएको छ । अघिल्लो सातासम्म लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक यस साता (असोज ९ गतेदेखि १३ गतेसम्म) ३८ अंकले बढ्दै १८५३.७६ बिन्दुमा उक्लिएको हो । 
गत साताको अन्तिम कारोबार दिन अर्थात् असोज ६ गतेसम्म नेप्से सूचक १८३८.९६ बिन्दुमा रहेको थियो ।  यद्यपि, नेप्से सूचक ३८ अंकमाथिले बढेपनि यससाता कारोबार रकम भने उति उत्साहपूर्ण हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ३८ अंकले बढेको बजारमा यससाता कुल २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

कुन दिन कति कारोबार भए ?
असोज ९ गते – १ अर्ब ६ करोड २९ लाख ८९ हजार रुपैयाँ
असोज ११ गते – ६४ करोड ७ लाख ९४ हजार रुपैयाँ
असोज १२ गते – ४१ करोड ८६ लाख ६७ हजार रुपैयाँ
असोज १३ गते – ५७ करोड २३ लाख ४० हजार रुपैयाँ
यस साताको १० गते घटस्थापनाको दिन परेकाले सो दिन सार्वजनिक विदा समेत रहेकाले सेयर कारोबार हुन सकेन । बाँकी चारदिन भएको सेयर कारोबारमा कुल ३८.६३ अंकले नेप्से सूचकमा वृद्धि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप