दसैँको अवसरमा नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई टीका लगाईदिने
सोमबार, १७ असोज २०७९, ११ : ३८
नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई बडादसैँको अवसरमा टीका लगाईदिने भएको छ। दोहास्थित नेपाली दूतावासमा विजया दशमीको दिन (१९ असोज) कतारमा रहेका नेपालीलाई टीका तथा दुर्गा भगवतीको प्रसाद ग्रहण गर्ने कार्यक्रमको आयोजना गरेको हो ।
त्यस दिन कतारमा रहेका इच्छुक नेपालीहरुलाई राजदूतावासमा आएर टीका तथा दुर्गा भवानीको प्रसाद ग्रहण गर्न दूतावासले अनुरोध गरेको छ । दसैँको टीकाको दिन बिहान १०ः३० बजेदेखि अपरान्ह १२ः०० बजेसम्म टीका तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
दसैँको अवसरमा यहि १८ र १९ असोज (अक्टोबर ४ र ५ तारिख) का दिन दूतावास बन्द रहनेछ। २० गतेदेखि भने नियमित रूपमा खुल्ला रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण