कांग्रेस नेता भट्टराई र यादवले लिए समानुपातिकबाट नाम फिर्ता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले समानुपातिकको सूची नाम फिर्ता लिएका छन् । सोमबार दिउँसो निर्वाचन कार्यालय गएर समानुपातिकबाट नाम फिर्ता लिएका हुन् । कांग्रेसले उनको नाम खस–आर्य पुरुषतर्फ चौथो नम्बरमा राखेको थियो । तनहुँ –१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सिफारिस भएका भट्टराईलाई समानुपातिकमा राखिएको थियो ।
सत्ता गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने भएपछि भट्टराईलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको थियो । तर उनले तनहुँ – १ बाटै प्रत्यक्ष चुनाव लड्ने भन्दै नाम फिर्ता लिएका छन् ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् ।
पार्टीले कायम गरेको विधि विपरित बन्द सूचीमा वरीयताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा नाम पेश गरिएकोले आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए । कांग्रेसले बन्द सूचीमा यादवको नाम मधेसीतर्फ ३ नम्वरमा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा