आफ्नो गच्छे अनुसार दसैँ मनाउन मुख्यमन्त्री शाहीको आग्रह
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गरेका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विकृति र तडकभडकबाट टाढै राखेर दसैँ मनाउँदा यसको मौलिकता जोगिने बताए ।
मुख्यमन्त्री शाहीले दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताए । “दसैँले व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्नुका साथै सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन जान्छ । दसैँ नेपालीको ठूलो चाड भएकाले सबैमा सद्भाव, मेलमिलाप र भ्रातृत्व बढाउन यसको महत्वपूर्ण भूमिका रहेको छ । ”
मुख्यमन्त्री शाहीले विजयादशमीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य तथा सरोकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई पे्ररणा मिल्ने अपेक्षा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा