फ्राइडे रिलिज : देशभरका हलमा ‘२ नम्बरी’
आजबाट एकमात्र फिल्म ‘२ नम्बरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै ‘२ नम्बरी’ देशभरका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको हो ।
यद्यपी सिंगल रिलिजको अवसर पाएपनि देशभरको चलचित्र घर भने सबै पाएको छैन । किनभने गत साता रिलिज भएको ‘बाबरी’ र गत ७ गते रिलिज भएको ‘प्रेम गीत ३’ले पनि केही स्टेसन ओगटेका छन् ।
दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ मित्रता, प्रेम र चोरी सिकारीको बिषयमा निर्माण भएको फिल्म हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामा लगायतको पनि अभिनय छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी हुन् ।
सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा जयन जे वाइवाले संगीत दिएका छन् । फिल्मले राम्रो ब्यवसाय गर्ने दाबी निर्माण युनिटको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण