ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट
मङ्गलबार, २५ असोज २०७९, ११ : २६
ङादी ग्रुप पावरको लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।
जसमा न्यूनतम १६१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको हो ।
यसअघि कम्पनीले गएको १८ साउनदेखि ७ भदौसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकताअनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण