युक्रेनी सहरमा हमलापछि रुसको सर्वत्र निन्दा
युक्रेनको राजधानी किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित देशका अन्य शहरमा बमबारीपछि रुसको चौतर्फी निन्दा भएको छ । अमेरिकाले ‘क्रुर’ आक्रमणले विश्वविद्यालय र बालबालिकाको खेल मैदानलगायत गैर–सैनिक क्षेत्रमा रुसले आक्रमण गरेको र युक्रेनलाई जारी सैन्य सहायता गर्ने बाचा गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् । भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिइएको बताएका छन् । रुसले ८३ क्षेप्यास्त्रले आक्रमण गरेकोमा ४३ भन्दा बढीलाई खसालिएको युक्रेनले दाबी गरेको छ । एक भिडियोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनलाई त्रसित पार्न सकिँदैन ।’
लिभिभ, खार्किभ, दिनिप्रो र जापोरिजिया सहरमा रुसी सेनाले हमला गरेको थियो । पछिल्लो हमला केही महिनादेखि युक्रेनले देखेको सबैभन्दा खराबमध्येको एक थियो । ती हमलामा १४ जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन् । आक्रमणपछि धेरै क्षेत्रमा विद्युत् तथा पानीको आपूर्ति रोकिएको छ भने उर्जा पूर्वाधार नराम्रोसँग क्षतिग्रस्त बनेका छन् ।-एजेन्सी/न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण