सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बिहान मात्र चारवटा रुसी मिसाइल खसाल्यौँ : युक्रेन

मङ्गलबार, २५ असोज २०७९, १५ : ०२
मङ्गलबार, २५ असोज २०७९

युक्रेनको वायुसेना कमाण्डका प्रवक्ता युरी इहनतले युक्रेनी सेनाले मंगलबार बिहान चारवटा रुसी मिसाइल खसालेको दाबी गरेका छन् । इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीका अनुसार क्षेप्यास्त्र आक्रमण स्थानीय समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको थियो।

इहनतका अनुसार युक्रेनी सेनाले मिसाइलहरू खसाल्न उड्डयन, वायु रक्षा सेना र वायु रक्षा प्रणाली प्रयोग गरेको थियो। कीभमा क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सी कुलेबाले पनि टेलिग्राममा कीभको हवाई क्षेत्रमा दुईवटा मिसाइलहरू खसालेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप