मलेसियासहित खाडी मुलुकमा कामदार ठगिएकोप्रति विभागको चासो
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन चेतावनी दिएको छ । विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लेखित सर्त विपरीत रकम असुल गरिएको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
वैदेशिक रोजगारमा जाने कामदारलाई अनुचित लागतको बोझबाट मुक्त गर्ने उद्देश्यसहित फ्रि–भिसा, फ्रि–टिकटको निर्णय लागू गरिएको तर, म्यानपावर व्यवसायीहरूले व्यवहारमा कार्यान्वयन नगरेको विभागले दाबी गरेको छ ।
विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा वैदेशिक रोजगारीका लागि खुला गरिएका देशहरुमध्ये मलेसिया तथा खाडी मुलुकहरूबाट कामदार माग भई सम्बन्धित देशमा रहेको नेपाली कुटनैतिक नियोगबाट मागपत्र प्रमाणित हुँदाका बखत फ्रि–भिसा, फ्रि–टिकट लगायतका अन्य शुल्क रोजगारदाताले व्यहोर्ने भनी विवरण खुलाई सम्बन्धित म्यानपावर संस्थाले कामदार छनोटका लागि पूर्व स्वीकृति पछिका विज्ञापनमा निःशुल्क भिसा, निःशुल्क हवाई टिकट र निःशुल्क स्वास्थ्य परीक्षण तथा कुनै पनि शुल्क नलाग्ने विज्ञापन गरेपनि कामदारबाट रकम असुली गर्ने र पारदर्शिताको आधारमा छनोट नगरिएको उल्लेख छ ।
कामदार छनोट पक्षपात र अनुचितरुपमा रकम असुली गरिएको विषय सार्वजनिक सञ्चारमाध्यममा आएको भन्दै विज्ञापनमा उल्लेख भएअनुसार कामदार छनोट गर्न भनेको हो । सोही आधारमा नगरेको पाइएमा वैदेशिक रोजगार ऐन २०६४ र नियमावली २०६४ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । ऐनको दफा ५३ मा म्यानपावर कम्पनीले तोकिएभन्दा बढी रकम लिएमा लिएको रकम फिर्ता गर्न लगाई पटकैपिच्छे एक लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण