यसरी बिदाई गरियो तनहुँमा म्यादी प्रहरीलाई
तनहुँ - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका तनहुँका म्यादी प्रहरीको शुक्रबारदेखि जिम्मेवारी सकिएको छ । म्यादी प्रहरीमा खटिएकाहरु लाइ प्रमाण–पत्र दिएर विदाइ गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा १ हजार ८४ म्यादी प्रहरी खटिएका थिए । शुक्रबार एक कार्यक्रम बीच म्यादी प्रहरी लाइ बिदाइ गरिएको हो ।
‘५५ दिनको कार्यअवधि सकिएपछि प्रमाण–पत्र दिएर औपचारिक रुपमा विदाइ गरिँएको हो’, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि उमेशराज जोशी भने ।
म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता करिब ५० हजार दिइएको जोशीले बताए ।
प्रहरी प्रमुख जोशीले जिल्लामा शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग पुर्याएकोमा सम्पुर्ण म्यादी प्रहरीहरु लाइ धन्यवाद समेत दिए ।
५५ दिने रोजगारीले आफुहरु लाइ आर्थिक रुपमा सहयोग पुर्याएको प्रमाणपत्र लिएर घर तिर जादै गरेका दिनेश रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
-
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण