मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बिदाई गरियो तनहुँमा म्यादी प्रहरीलाई

शनिबार, ०८ पुस २०७४, १० : १८
शनिबार, ०८ पुस २०७४

तनहुँ - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका तनहुँका म्यादी प्रहरीको शुक्रबारदेखि जिम्मेवारी सकिएको छ । म्यादी प्रहरीमा खटिएकाहरु लाइ प्रमाण–पत्र दिएर विदाइ गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा १ हजार ८४ म्यादी प्रहरी खटिएका थिए । शुक्रबार एक कार्यक्रम बीच म्यादी प्रहरी लाइ बिदाइ गरिएको हो ।

‘५५ दिनको कार्यअवधि सकिएपछि प्रमाण–पत्र दिएर औपचारिक रुपमा विदाइ गरिँएको हो’, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि उमेशराज जोशी भने । 

म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता करिब ५० हजार दिइएको जोशीले बताए । 

प्रहरी प्रमुख जोशीले जिल्लामा शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग पुर्याएकोमा सम्पुर्ण म्यादी प्रहरीहरु लाइ धन्यवाद समेत दिए ।

५५ दिने रोजगारीले आफुहरु लाइ आर्थिक रुपमा सहयोग पुर्याएको प्रमाणपत्र लिएर घर तिर जादै गरेका दिनेश रोकाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप