संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
सारांश
- कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखेको बताएका छन्।
- उनले प्रधानमन्त्रीले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिमा सत्तापक्षका सांसदहरू नबोलेकोप्रति असन्तुष्टि जनाए।
- आङ्देम्बेले बहुमत सांसदले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति स्वीकारेको दृश्य लज्जास्पद रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देख्नुपरेको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा सत्तापक्षका सांसदहरू नबोलेकोतर्फ सङ्केत गर्दै बुधबारकाे प्रतिनिधि सभा बैठकमा उनले गोपाल योञ्जनको गीत स्मरण गर्दै यस्तो बताएका हुन्।
साथै उनले प्रधानमन्त्रीलाई संसद्ले जवाफका लागि खोजे पनि उनी नआएको भन्दै अब प्रधानमन्त्रीलाई नखोज्ने समेत बताए।
‘कांग्रेस लास र दासको पार्टी होइन । तर आजको मितिमा यो संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको कारुणिक दृश्य मैले देखिरहेको छु’, उनले भने, ‘सत्ताको कित्ताबाट कोही एक जनाले हिम्मत गर्लान् कि भनेको तर उल्टै नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिरहनुभएको छ ।’
आङ्देम्बेले नेपालले भारतको सीमा मिचेको भनेर भनिएको अभिव्यक्तिलाई बहुमत सांसदले स्वीकारेको दृश्य लज्जास्पद रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण