बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...

बुधबार, २७ जेठ २०८३, १६ : ०६
बुधबार, २७ जेठ २०८३

काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हास्न गएका प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको आँखा आँसुले भरियो । कमेडियन प्रभात लामाको भावुक प्रस्तुतिले उनका आँखा रसाएका हुन् ।

मंगलबारको एपिसोडमा आईजीपी कार्की अथिति बनेर पुगेका थिए, जहाँ प्रभात लामाले इन्दिरा घिसिङ नाम गरेकी महिलाको र कर्मा सिंह लामाले उनका छोराको भूमिका गरेका थिए । त्यस समय प्रहरीको दुःखको किस्सा सुनेर भावुक हुँदै कार्कीले गहभरि आँसु बनाए । प्रस्तुतिमा प्रहरी श्रीमान् गुमाएकी आमाले आफ्ना पीडा तथा संघर्षका कथा भनिएको थियो । उक्त दृश्यले हलमा उपस्थित धेरै दर्शकका आँखा रसाएका थिए ।

कार्यक्रमको ६०औं एपिसोड नेपाल प्रहरीलाई समर्पित गरिएको थियो, जहाँ महानिरीक्षक कार्कीसहित करिब १०० प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता थियो ।

prabhat

‘प्रहरी हाम्रो साथी’ भन्ने नारालाई केन्द्रमा राखेर तयार गरिएको एपिसोडमा कलाकारले सुरुदेखि नै प्रहरीको जिम्मेवारी, कर्तव्य र समाजप्रतिको योगदानलाई हास्यमार्फत प्रस्तुत गरेका थिए ।

कलाकार पवन भट्टराईले ‘झरीबहादुर’ को भूमिकामार्फत दर्शकलाई हँसाएका थिए भने कैलाश कार्कीले ‘जँड्याहा’ पात्र निभाएका थिए । अन्य कलकार भरतमणि पौडेल तथा सुमन कोइरालाले क्रमशः ‘घरपेटी’ र ‘माइकल’ पात्रमार्फत हास्य प्रस्तुति दिँदै प्रहरी संगठनको महत्त्व, त्याग र बलिदानबारे सन्देश दिएका थिए ।

विशाल भण्डारी निर्देशित ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रत्येक मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ भने ओएसआर रियालिटी युट्युब च्यालनमा पनि हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप