केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक जनताले आफ्नो मूल्याङ्कन गर्ने पौडेलको भनाइ थियो । पौडेलले कांग्रेसको नेतृत्वमा मात्रै विकास सम्भव रहेको बताए ।
आफूहरुले अहिले राजनीति र विकासको लडाइँ गर्दै आएको बताउँदै पौडेलले भने, “हामीहरू अहिले दोहोरो लडाइँमा छौँ, लोकतन्त्रका लागि पनि लड्दै आएका छौँ, विकासका लागि पनि लड्दै आएका छौँ ।” अबको निर्वाचनमा कांग्रेसले जित्दा विकास योजनाले निरन्तरता पाउने उनको भनाइ थियो ।
“जनप्रतिनिधिले दुई थरी विकास गर्नुपर्ने अहिलेको आवश्यकता हो, राजनीतिको विकास र भौतिक विकास”, उनले भने, “हामीले सकेको विकासका काम गर्दै आएका छौँ ।” वरिष्ठ नेता पौडेलले गाउँगाउँमा खानेपानी, बाटो, विद्यालय, शिक्षा, स्वास्थ्य सेवा पुगेको र त्यसलाई निरन्तरता दिने योजनासहित आफूहरु लागिपरेको बताए । गठबन्धन सरकार बनेपछि तनहुँमा दुई अर्बभन्दा बढीको बजेट आइसकेको उनले बताए । बुद्धसिं मार्गलाई रु ४६ करोड, मादी मस्र्याङ्दी सडकलाई रु ४० करोडको बजेट आइसकेको भन्दै उनले भने, “केन्द्रमा पहुँच पुग्ने व्यक्तिले जित्दा जिल्लामा विकास योजना आउँछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण