सत्यमोहन जोशीको निधनमा सरकारले एकदिन विदा दिने
आइतबार, ३० असोज २०७९, १६ : २८
सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ । पर्यटन तथा संस्कृतमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक विदा दिने निर्णय भएको बताएका हुन् ।
‘पर्यटन मन्त्रालयको प्रस्तावमा स्वयं सरकारको तर्फबाट प्रधानमन्त्रीज्युले एकदिन राष्ट्रिय विदा दिने भन्ने निर्णय पनि भएको छ’, श्रद्धाञ्जली दिन ललितपुर महानगरमा पुगेका मन्त्री श्रेष्ठले भने, ‘कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुनेछ ।’
शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण