तनहुँमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै: १२ टिमको सहभागीता
तनहुँ - तनहुँको भिमाद बजार नजिक युवा क्लब अफ भिमादको आयोजनामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुन लागेको छ। तीन लाख पुरस्कार राशी सहितको तेस्रो भिमाद कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
युवा क्लब भिमादको आयोजनामा प्रतियोगिता गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
जिल्लामा सबैभन्दा बढी करिब दुई लाख पुरस्कार राशीसम्मको फुटबल प्रतियोगिता हुँदै आएकोमा यसपटक तनहुँको भिमादमा तीन लाख राशीको फुटबल प्रतियोगिता गर्न लागिएको हो ।
पुरस्कार
प्रतियोगिताका उपविजेता टिमले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको कुल खर्च २५ लाख भन्दा बढी लाग्ने आयोजकले अनुमान गरेका छ्न । प्रत्येक खेलको म्यान अफ द म्याचमा पुरस्कार र विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०, १० हजार पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । खेलमा उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवाड, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर र सर्वाधिक गोलकर्ता लाई १०, १० हजार पुरस्कार दिइने छ ।
युवा रंगशालामामा भिडन्त
आगामी माघ १ देखि ८ गते सम्म प्रतियोगिता भिमाद नगरपालिका वडा नम्बर ६ स्थित युवा रंगशालामा आयोजना हुनेछ । युवा रंगशाला भिमादमा हुन लागेको यो प्रतियोगिता जिल्लाकै अहिले सम्मकै ठुलो भएको युवा क्लब भिमादमा अध्यक्ष नवीन कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए।
उदेश्य
फुटबल खेलको माध्यमबाट भिमाद लाई देश तथा विदेशमा चिनाउने उदेश्यले प्रतियोगिता गर्ने लागिएको क्लबका सचिव गणेश सुवेदीले जानकारी दिए । प्रतियोगिताको दर्ता शुल्क १० हजार रहेको सुवेदीले बताए । खेल राष्ट्रिय रेफ्रीद्वारा खेलाइने छ ।
१२ टिमको सहभागीता
प्रतियोगिता सञ्चालनका लागि विदेशमा रहेका क्लबका सदस्यहरु, भिमाद बजार, पुर्वखेलाडी र प्रायोजकहरुले सहयोग गर्ने बताईको छ । प्रतियोगितामा करिब १२ टिमले सहभागीता जनाउँने आयोजकले जनाएको छ । काठमाण्डौ, बिराटनगर, बुटवल, बनेपा, पोखरा, लमजुङ लगाएतको सहभागिता रहने क्लबका सल्लाहकार विश्व सुवेदीले जानकारी दिए ।आयोजक युवा क्लब भिमादले पनि स्थानीय र राष्ट्रिय खेलाडीसहित सहभागिता जनाउने छ ।
नाफा रकम के गर्ने ?
क्लबले खेल मैदान निर्माणको लागि करिब ८ लाख र अहिले खेलमैदानको स्तरउन्नतिको लागी १ लाख रुपैयाँ लागेको बताएको छ । प्रतियोगिता बाट नाफा भएको रकमले क्लबको भवन पुरा गर्ने र समाजिक काम गर्ने क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण