प्रधानमन्त्री कार्यालयलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण
मङ्गलबार, ०१ कात्तिक २०७९, २० : ३०
निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको समाचार प्रकाशित भएसँगै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण