आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता

बुधबार, ०२ कात्तिक २०७९, १६ : ०८
बुधबार, ०२ कात्तिक २०७९

प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो । 

जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काडमाडौंका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई जानकारी दिए ।

 जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रोपटक पक्राउ गरेर हिरासतमा राखेको थियो । कोरोना भाइरस संक्रमण भएपछि यसअघि उनी भदौ २२ मा हाजिर जमानीमा रिहा भएका थिए । बुधवार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि उनीविरुद्ध थुनछेक बहस शुरु हुने बताइएको छ । 

अपूर्वमाथि नेवाः समुदायको भावनामा आँच पु¥याएको आरोप छ । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएको थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाटै हटाएका छन् । उनी भदौ १२ मा पहिलोपटक पक्राउ परेका थिए ।​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप