आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बिहीबारदेखि कमेडियन अपूर्व क्षितिजमाथिको थुनछेक बहस

बुधबार, ०२ कात्तिक २०७९, १४ : २९
बुधबार, ०२ कात्तिक २०७९

जिल्ला सरकारी वकिलको कार्यालयले कमेडियन अपूर्व क्षितिजविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै बिहीबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । उनीविरुद्ध बुधबार एकसाथ ४ वटा मुद्दा दर्ता भएको छ ।

जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रितिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काडमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए । 

जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रोपटक पक्राउ गरेर हिरासतमा राखेको थियो ।​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप