मलेसिया पठाउने भन्दै १९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा विभागको छापा
प्रति कामदारबाट २ लाख ३० हजारका दरले पैसा असुल्ने मेन पावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जना कामदारबाट ४१ लाख ४३ हजार रूपैयाँ पैसा असुल्ने द रिभर ओभरसिज र देवान कन्सल्ट्यान्टमा विभागले छापा मारेको हो । छापा मारेर कामदारबाट लिएको पैसा फिर्ता गर्ने र उनीहरूलाई तोकिएकै समयमा उडान गराउने सहमति गराएको छ ।
कामदारबाट पैसा लिइरहेको भन्ने सूचनाको आधारमा विभागले छापा मारेको थियो । द रिभरले मलेसिया जान लागेका २० जना श्रमिकहरूलाई आफ्नो कम्पनीमार्फत पठाउन लागेको थियो । तर, त्यसका लागि श्रम स्वीकृति र भिसा देवान कन्सल्ट्यान्टमार्फत गरेको थियो । नियमअनुसार जुन कम्पनीले विदेश पठाउने सोही कम्पनीले भिसा र श्रम स्वीकृति गराउनुपर्छ ।
देवान कन्सल्ट्यान्टले भिसा र श्रम स्वीकृति लिई आजको उडान तालिका अनुसार उनीहरू विदेश पठाउने भनेको थियो । तर, त्यसको अघिल्लो दिन अर्थात १ कात्तिकमा विभागले छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।
विभागको टोली जाँदा उनीहरूलाई द रिभरको कार्यालयमा प्रस्थान पूर्वको जानकारी दिइरहेको थियो । त्यहाँ उपस्थित कामदारहरूसँग सोधपुछ तथा छलफल गर्दा १९ जना कामदारहरूबाट ४१ लाख ४३ हजार रूपैयाँ लिएको पाइएको विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए ।
दुवै मेनपावर व्यवसायीसँग छलफल गरेर कामदारहरूलाई तोकिएको समयमा उडाउन निर्देशन दिएको थियो । भने उनीहरूका आफन्तहरूलाई ३ दिनभित्रमा उक्त रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता गराइएको निर्देशक भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण