शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

व्यवसायमैत्री वातावरण बनाउन गठबन्धन प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ

बिहीबार, ०३ कात्तिक २०७९, २१ : २१
बिहीबार, ०३ कात्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन बाम-लोकतान्त्रिक गठबन्धन क्रियाशील रहने बताए ।

मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट बाम-(लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताए । समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रबाट योगदान पुर्याउन व्यवसाय मैत्री वातावरण अपरिहार्य रहेको बताउँदै उनले नीतिगत सुधार, क्षमता विस्तार जस्ता व्यवसायिक सुधारका कामहरु अघि बढाउनुपर्ने बताए । उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले बताए ।

लोकतन्त्र संस्थागत नभई आर्थिक विकास र विभिन्न  पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उनले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताए । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन आफूहरु लागिपर्ने बताए । कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयल लगायत पदाधिकारीहरुले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरूबारे जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप