बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तौल घटाउनका लागि पिउनुहोस् जिरा र मेथीको पानी, यस्ता छन् अन्य फाइदा

शुक्रबार, ०४ कात्तिक २०७९, १० : २७
शुक्रबार, ०४ कात्तिक २०७९

भनिन्छ, एकान्तमा जे खान्छौ, त्यसको नतिजा दुनियाँसामु देखिन्छ । यसलाई सरल शब्दमा बुझ्ने हो भने, यदि तपार्इं गोप्य रुपमा जंक फूड खानुहुन्छ भने, तपार्इं संसारको अगाडि बिरामी पर्नुहुन्छ, मोटो देखिनुहुन्छ । अर्कोतर्फ, यदि तपार्इं स्वस्थ खानालाई आफ्नो दैनिक दिनचर्याको हिस्सा मान्नुहुन्छ भने, तपार्इं संसारको अगाडि फिट र सुन्दर देखिनुहुन्छ । कोरोना महामारीपछि धेरैजसो मानिसले स्वस्थ जीवनशैली अपनाइरहेका छन् तर अझै पनि धेरै मानिसलाई मोटोपना र तौलले सताउने गरेका छन् ।

तौल व्यवस्थापन गर्न र शरीरलाई फिट राख्न मानिसहरूले तौल घटाउन व्यायाम, कडा आहार योजनाको पालना गर्छन् । तर के तपाईलाई थाहा छ, तपाईंको दैनिक दिनचर्यामा थोरै परिवर्तन गरेर तपाईंले तौललाई छिट्टै घटाउन सक्नुहुन्छ ।

आफ्नो दैनिक आहारमा जिरा र मेथीको पानी समावेश गर्नुहोस् । बलिउड नायिका मलाइका अरोडा पनि दैनिक जिरा र मेथीको पानी पिउँछिन् । मलाइका अरोडाका अनुसार जिरा र मेथीको पानीले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यो पेय पदार्थको सेवन गर्दा पाचनसँग सम्बन्धित समस्याबाट राहत पाउन पनि मद्दत मिल्छ । मेथी र जिराको पानी कसरी बनाउन सकिन्छ र तौल घटाउनका लागि यसको सेवन कहिले गर्ने भन्नेबारे जानकारी लिऔँ ।

मेथी–जीरा पानी पिउनुका फाइदा

तौल घटाउन सहयोगी

मेथीलाई रिबोफ्लेविन, भिटामिन–बी६, भिटामिन–ए, भिटामिन के, फोलेट, एनर्जी, एन्टिअक्सिडेन्ट, सेलेनियम, एन्टी इन्फ्लेमेटरीको राम्रो स्रोत मानिन्छ । यसका साथै जीरालाई प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, तामा, आइरन, कार्बोहाइड्रेटजस्ता धेरै पोषक तत्वहरूको खजाना मानिन्छ । जीरा र मेथीमा पाइने पोषक तत्वले शरीरको मेटाबोलिजम बढाउन मद्दत गर्छ । मेटाबोलिजम बढाएर छिटो तौल घटाउन मद्दत गर्छ ।

पेट स्वस्थ राख्छ

मेथीमा प्राकृतिक रूपमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट र फाइबर पाइन्छ । साथै, जीरालाई भिटामिन–सी, भिटामिन–के, भिटामिन–बी१, २, ३ को राम्रो स्रोत मानिन्छ । दैनिक जीरा र मेथीको पानी पिउनाले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ । खाना पचाउनमा कुनै पनि प्रकारको समस्या भएका उनीहरुलाई मेथी र जीराको पानी दैनिक सेवन गर्न सल्लाह दिइन्छ ।

इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्दछ

जीरा पोटासियमको स्रोत पनि हो । जुन शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न सहयोगी मानिन्छ । जीरा र मेथीको पानी नियमित रूपमा पिउनाले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन बनाउन मद्दत गर्छ भन्ने धेरै अध्ययनहरूमा खुलासा भएको छ ।

शरीरलाई डिटक्सिफाई गर्छ

जीराले शक्तिशाली डिटोक्सिफाइङ एजेन्टको रूपमा पनि काम गर्दछ । जसका कारण यसले शरीर सफा गर्न मद्दत गर्छ र पेटसँग सम्बन्धित धेरै समस्या पनि कम हुन्छ ।

जीरा र मेथी पानी कसरी बनाउने ?

जीरा र मेथीको पानी बनाउन पहिले एक लिटर पानीको बोतल भर्नुहोस् ।

यस पानीमा २ चम्चा मेथीको दाना र २ चम्चा जीरा मिसाएर छोप्नुहोस् ।

जीरा र मेथीको दानालाई रातभर पानीमा भिज्न दिनुहोस् ।

भोलिपल्ट बिहान रातभरी भिजाएको जीरा र मेथीको पानीलाई फिल्टर गर्नुहोस् ।

हरेक बिहान खाली पेटमा जीरा र मेथीको पानी पिउनु राम्रो मानिन्छ ।

कतिपयलाई मेथी र जीराको पानीको स्वाद मन पर्दैन, त्यसैले यसमा अलिकति कागतीको रस मिसाउन पनि सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप