शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसो गरे सय वर्ष बाँच्न सम्भव

शुक्रबार, ०४ कात्तिक २०७९, १५ : ०१
शुक्रबार, ०४ कात्तिक २०७९

तपाईंले जीवनमा धेरै पटक ‘दीर्घायु भवः’ भन्ने आशीर्वाद पाउनुभएको होला तर यति लामो जीवन कसरी बाँच्न सकिन्छ ? विज्ञहरु सय वर्ष बाँच्न सम्भव भएको बताउँछन् । यसका लागि तपाईंले आफ्नो खान्कीमा विशेष ध्यान दिन आवश्यक छ ।

युनिभर्सिटी अफ विस्कन्सिनकी प्राध्यापक रोजलिन एन्डरसन र युएससी लियोनार्ड डेभिस स्कूलका प्राध्यापक वाल्टर लङ्गोले विगत १० वर्षमा पोषणसम्बन्धी सयौं अनुसन्धानहरू अध्ययन गरेका छन् । यसको सार हालै सेल जर्नलमा प्रकाशित भएको छ ।

डार्क चकलेट, नट्स खाँदा आयु बढ्छ

अन्वेषकहरूले लामो समयसम्म बाँच्न सकिने खानाको पहिचान गरेका छन् । उनका अनुसार बिरुवामा आधारित कार्बोहाइड्रेट र फ्याटको मात्रा बढाएर र प्रशोधित खानेकुरा कम गरेमा मानिसले लामो आयु बाँच्न सक्छ । एन्डरसनका अनुसार उपवास र अन्य खाना प्रायः तौल घटाउनेसँग जोडिएको हुन्छ, तर यो लामो समयसम्म बाँच्नका लागि पनि महत्त्वपूर्ण छ ।

यहाँ याद गर्नुपर्ने कुरा के पनि छ भने अन्वेषकहरूले पनि डार्क चकलेटलाई दीर्घायुका लागि महत्त्वपूर्ण मानेका छन् । उनीहरुका अनुसार तपाईंको दैनिक क्यालोरीको ३० प्रतिशत नट, ओलिभ ओयल र केही डार्क चकलेटबाट आउनुपर्छ ।

रातो मासुबाट , चिनीबाट बच्नु राम्रो

अनुसन्धाताहरु यो पनि सिफारिस गर्छन् कि रातो मासु र प्रशोधित मासु, साथै रिफाइन्ड अनाज र अतिरिक्त चिनीबाट बच्नु राम्रो हुन्छ । तपाईंले प्रशोधित खानाको सट्टा बोट–बिरुवामा आधारित आहारमा स्विच गरेर आफ्नो जीवनमा १० वर्ष थप्न सक्नुहुन्छ । अन्वेषकहरूले यो पनि सुझाव दिन्छन् कि प्रोटिनको सेवन सीमित गर्नाले लामो जीवन पाउन मद्दत हुन्छ । वास्तवमा, धेरै प्रकारका प्रोटिन र एमिनो एसिडले हर्मोनको उत्पादन बढाउँछ र शरीरको जैविक प्रक्रिया छिटो हुन्छन् । जसका कारण शरीर छिट्टै बिग्रन्छ ।

इन्टरमिटेन्ट फास्टिङ गर्नु स्वास्थ्यका लागि राम्रो

अन्वेषकहरूले इन्टरमिटेन्ट फास्टिङ र एकभन्दा बढी दिन ब्रत बस्न पनि सल्लाह दिन्छन् । उनका अनुसार हरेक दिन ११ देखि १२ घण्टाको अन्तरले खानु र बाँकी १२ घण्टा उपवास बस्नु राम्रो हुन्छ । प्रत्येक ३ देखि ४ महिनामा एक दिनभन्दा बढी उपवासले पनि मद्दत गर्न सक्छ ।

यस्तै खालको तपाईंको आदर्श थालीले बुढ्यौली छिटो आउँदैन

५५ प्रतिशत अनरिफाइन्ड कार्बोहाइड्रेट : ओट्स

५ प्रतिशत प्रोटिन

३० प्रतिशत प्लान्ट बेस्ड फ्याट : जैतुनको तेल, चिया, डार्क चकलेट, कोकोनट र एभोकाडो आदि ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप