सञ्जय दत्तको साउथ मोह
बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् । सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए । उनको यो भूमिकालाई दर्शकले निकै मन पराएका थिए । यशको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।
सञ्जय अर्को एक कन्नड फिल्ममा अभिनय गर्दैछन् । सञ्जयले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । उनले हालैमात्र बलिउडको आधारलाई बिर्सन नहुने बताउँदै साउथ फिल्मको निर्माण र शक्तिको तारिफ गरेका छन् ।‘म अरु साउथ फिल्ममा काम गर्न चाहन्छु । साउथमा धेरै प्यासन र इनर्जीका साथ फिल्म बनाइँदैछ’, सञ्जयले भनेका छन् । सञ्जय कन्नड फिल्म ‘केडी–द डेविल’ काम काम गरिरहेका छन् ।
कन्नड फिल्म पछि सञ्जयको तमिल फिल्म पनि आउँदैछ । उनी फिल्म ‘थलापति ६७’बाट तमिल फिल्ममा पाइला चाल्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण