सञ्जय दत्तको साउथ मोह

बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् । सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए । उनको यो भूमिकालाई दर्शकले निकै मन पराएका थिए । यशको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।
सञ्जय अर्को एक कन्नड फिल्ममा अभिनय गर्दैछन् । सञ्जयले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । उनले हालैमात्र बलिउडको आधारलाई बिर्सन नहुने बताउँदै साउथ फिल्मको निर्माण र शक्तिको तारिफ गरेका छन् ।‘म अरु साउथ फिल्ममा काम गर्न चाहन्छु । साउथमा धेरै प्यासन र इनर्जीका साथ फिल्म बनाइँदैछ’, सञ्जयले भनेका छन् । सञ्जय कन्नड फिल्म ‘केडी–द डेविल’ काम काम गरिरहेका छन् ।
कन्नड फिल्म पछि सञ्जयको तमिल फिल्म पनि आउँदैछ । उनी फिल्म ‘थलापति ६७’बाट तमिल फिल्ममा पाइला चाल्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन