डाइटिङका बेला झरिरहेको छ कपाल ? यी ३ टिप्स फलो गर्नुहोस्, समस्या हट्नेछ
तौल घटाउन वा शरीरमा जम्मा भएको बोसो घटाउन डाइटिङ गर्ने मानिसहरुमा प्रायः कपाल झर्ने समस्या धेरै देखिन्छ । डाइटिङ गर्दा देखिने सबैभन्दा सामान्य समस्याहरू मध्ये यो पनि एक हो । तर यस्तो किन हुन्छ भनेर कहिल्यै कहिल्यै जान्ने प्रयास गर्नुभएको छ ? फिटनेस सल्लाहकार तथा पोषण विशेषज्ञ अक्षय एस. शेट्टीले डाइटिङका बेला हुने यस्ता गल्ती गर्छन् जसका कारण उनीहरुले कपाल झर्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । तर, यी गल्ती सच्याएर र केही सरल उपाय अपनाएर कपाल झर्नबाट बच्न सकिन्छ । कसरी त ? यस लेखमा हामी यस्ता ३ टिप्सबारे जानकारी दिँदै छौँ जसले डाइटिङ गर्दा तौल घटाउने मात्र होइन, कपाल झर्ने समस्यालाई पनि हटाउनेछ ।
१. सुरुमा असाध्यै धेरै कम क्यालोरी नखानुहोस्
जब तौल घटाउन वा बोसो घटाउनको लागि डाइटिङको कुरा आउँछ, अधिकांश मानिसहरूले सुरुदेखि नै धेरै कम क्यालोरी भएको खाना खान थाल्छन् । डाइटिङको समयमा, तपाईंको हालको आहारबाट ३००–५०० क्यालोरी मात्र घटाउन सल्लाह दिइन्छ । यदि तपार्इं आफ्नो क्यालोरीको मात्रा धेरै कम गर्नुहुन्छ भने, यसले तपार्इंको आहारमा माइक्रोन्यूट्रिएन्ट र अन्य आवश्यक फ्याटी एसिडको मात्रा कम गर्न सक्छ, जसले कपाल झर्छ । त्यसैले आफ्नो खानाबाट एक्कासी क्यालोरी कम नगर्नुहोस् ।
२. लामो समयसम्म डाइटिङ नगर्नुहोस्
लामो समयसम्म डाइटिङ गर्दा पनि कपाल झर्ने गर्छ । सामान्यतया १२–१६ महिनासम्म मात्र डाइटिङ गर्न सिफारिस गरिन्छ । त्यस पछि तपाईंले केहि समयको लागि ब्रेक लिनुपर्छ । केहि हप्ता पछि, तपार्इंले फेरि डाइटिङ सुरु गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको हर्मोन नियमित हुने गर्छ । तर लामो समयसम्म लगातार डाइटिङ नगर्नुहोस् । लामो समयको कम क्यालोरी लिने सल्लाह दिइँदैन ।
३. आवश्यक परे सप्लिमेन्ट्स लिनुहोस्
यदि तपाई डाइटिङ गर्दै हुनुहुन्छ भने विज्ञहरुको सल्लाह अनुसार आवश्यक भिटामिन र मिनरल्सको सप्लिमेन्ट लिनुपर्छ । विशेष गरी ओमेगा–३ र ६ फ्याटी एसिड सप्लिमेन्ट्स । यी सप्लिमेन्ट्सले कपाल झर्न रोक्ने गर्छ ।
ओन्ली माई हेल्थ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा