सूर्य ग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म !
आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् । उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन ।
प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका किरण घातक हुन्थे । यो थाहा हुँदा हुँदै पनि मानिसहरु ग्रहण हेर्न घरबाट बाहिर निस्कन्थे । यही कारण ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण हेर्न आम मानिसलाई रोक्नका लागि एक अनौठो उपाय अपनाएको थियो ।
यो कुरा १६ फेब्रुअरी १९८० को हो । त्यो दिन सूर्यग्रहण थियो । सरकारलाई आफ्ना नागरिक बिना कुनै सुरक्षा घरबाहिर निस्किएर ग्रहण हेर्लान् र त्यसको असर उनीहरुमा पर्ला भन्ने चिन्ता थियो । त्यसपछि सरकारले मानिसलाई घरभित्रै बसाउनका लागि फिल्म उद्योगको सहयोग लियो । सरकारले दुरदर्शनमा अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘चुपके चुपके’ देखाउने निर्णय लियो ।
त्यो समयमा टेलिभिजनमा आइतबार फिल्म देखाइन्थ्यो । यो समयमा टेलिभिजनमा फिल्म हेर्न पाउनु एउटा छुट्टै क्रेज थियो । तर शनिबार सूर्यग्रहण परेपछि सरकारले शनिबार नै टेलिभिजनमा फिल्म देखाउने निर्णय लियो । जसकारण जनता खुशी भए ।
सन् १९७८ मा रिलिज कमेडी फिल्म ‘चुपके चुपके’मा शर्मिला टैगोर र जया बच्चनको पनि अभिनय थियो । ऋषिकेज मुखर्जी निर्देशित फिल्ममा धर्मेन्द्रले ड्राइभर प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका थिए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण