आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फेन्सी पसलमा आगलागी, लाखौंको  समान जलेर नस्ट

मङ्गलबार, ०८ कात्तिक २०७९, १२ : ४५
मङ्गलबार, ०८ कात्तिक २०७९

सिरहाको गोलबजारमा एक फेन्सी पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको सामान जलेर नष्ट भएको छ । गोलबजार नगरपालिका ४ मूख्य चोकको दोस्रो तल्लामा रहेको फेसन हबमा आगलागी हुँदा करिव ७० लाखको कपडालगायतका धनमाल जलेको प्रहरीले जनाएको छ । 

आगलागीबाट पसलको डेकुरेशन, फेन्सी आइटम लगायतका सामग्रीहरु जलेर नस्ट भएको संचालक राम किशोर यादवले जानकारी दिए । उनले पसलमा  करिव एक करोड बराबरको सामान जलेर नष्ट भएको जनाए ।

आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए । प्रहरीले क्षतिको सम्पूर्ण विवरण नआएपनि प्रारम्भिक विवरण अनुसार करिव ७० लाखको क्षति भएको हुनसक्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप