फेन्सी पसलमा आगलागी, लाखौंको समान जलेर नस्ट
मङ्गलबार, ०८ कात्तिक २०७९, १२ : ४५
सिरहाको गोलबजारमा एक फेन्सी पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको सामान जलेर नष्ट भएको छ । गोलबजार नगरपालिका ४ मूख्य चोकको दोस्रो तल्लामा रहेको फेसन हबमा आगलागी हुँदा करिव ७० लाखको कपडालगायतका धनमाल जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलको डेकुरेशन, फेन्सी आइटम लगायतका सामग्रीहरु जलेर नस्ट भएको संचालक राम किशोर यादवले जानकारी दिए । उनले पसलमा करिव एक करोड बराबरको सामान जलेर नष्ट भएको जनाए ।
आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए । प्रहरीले क्षतिको सम्पूर्ण विवरण नआएपनि प्रारम्भिक विवरण अनुसार करिव ७० लाखको क्षति भएको हुनसक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण