सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसी आक्रमणपछि कीभलगायत देशभर घण्टौं लोडसेडिङ हुन थाल्यो

शुक्रबार, ११ कात्तिक २०७९, २२ : ०७
शुक्रबार, ११ कात्तिक २०७९

कीभ र वरपरका भएका रुसी आक्रमणको नयाँ लहरले यस भेगको बिजुली आपूर्तिमा ‘तीव्र गिरावट’ निम्त्याएको छ । एक स्थानीय ऊर्जा आपूर्तिकर्ता यास्नोले लोडसेडिङ हालको चार घण्टाको तालिकाभन्दा लम्बिन सक्ने बताएको छ । 
राजधानी किभमा यसअघि नै झण्डै ३० प्रतिशत अझ बढीको बिजुली प्रसारण घटेको थियो । पछिल्लो समय रुसले आफ्ना मिसाइल तथा ड्रोन आक्रमणलाई युक्रेनका प्रमुख सहरका उर्जा केन्द्र र वितरण ग्रिडमा केन्द्रीत गरेपछि देशभर विद्युत प्रणालीलाई संकटमा निम्तिएको छ । 

यास्नोले किभमा सामान्यतया १,०००–२,००० मेगावाट बिजुली खपत हुने गरेकोमा अहिले ६००–८०० मेगावाट मात्र दिन सकिएको बताएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि युक्रेनभर ३०% पावर स्टेशनहरू क्षतिग्रस्त वा नष्ट भएको अनुमान गरेका छन्, यद्यपि यो संख्या अहिले ठूलो हुने सम्भावना छ । १० अक्टोबरदेखि रुसले चलाएका श्रृङ्खलावद्ध आक्रमणमा ग्यास र पानीको आपूर्तिलाई पनि निशाना बनाइएको छ । 

यो वर्ष अक्टोबर युक्रेनमा तुलनात्मक रुपमा न्यानो भए पनि नोभेम्बरदेखि मौसम तीव्र रूपमा चिसो हुन्छ र त्यस समय विद्युत निक्कै आवश्यक पर्छ । नोभेम्बरमा युक्रेनको धेरै भागहरूमा रातको समयको तापक्रम –१० डिग्री सेल्सियसदेखि माईनस २० सम्म पुग्न सक्छ ।

युक्रेन अहिले रुसी आक्रमण सुरु भए यतापछिको सबैभन्दा गम्भीर नागरिक संकटको सामना गरिरहेको छ । देशका धेरै स्थानमा घण्टौं विद्युत आपुर्ति अवरुद्ध हुनु सामान्य भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप