शाहरुखको जन्मदिनमा ‘दिलवाले दुल्हनियाँ जे जाएंगे’ रि-रिलिज गरिने
अभिनेता शाहरुख खान आगामी २ नोभेम्बरमा ५७ औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्मस्ले दर्शकका लागि दुई ‘सरप्राइज’ दिँदैछ ।
एउटा सरप्राइज शाहरुख अभिनित फिल्म ‘पठान’को टिजर र अर्को सरप्राइज ‘दिलवाले दुल्हनियाँ जे जाएंगे (डीडीएलजे)’ को रि–रिलिज । ‘पठान’का निर्माता आदित्य चोपडाका अनुसार दर्शकलाई शाहरुखको जन्मदिनमा उपहारस्वरुप यी दुई काम गर्न लागिएको हो । डीडीएलजेको निर्माण कम्पनी यशराज फिल्मस् नै हो ।
सन् १९९५ अक्टोबर २० मा रिलिज भएको डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शन हुनेछ । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रुपैयाँसम्म राखिएको छ । यसका लागि अनलाइनमार्फत एडभान्स बुकिङ खुला गरिसकिएको छ ।
अहिलेको लागि मुम्बई, दिल्ली एनसीआर, कोलकाता, कानपुर, अहमदाबाद, लखनउ, पुणे र सूरतका थिएटरमा एडभान्स बुकिङ खुलाइएको छ । फिल्म ‘पठान’ मा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् । सिद्धार्थ आनन्द निर्देशित फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दीसँगै तमिल र तेलेगु भाषामा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
-
कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकताः नेता केसी