दुई दिनमा कति कमायो ‘महापुरुष’ले ?

दर्शकको सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो ।
यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो । शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए । दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको फिल्मले यो साता लगानी सुरक्षित गर्दै निर्मातालाई मुनाफाको बाटोमा डोर्याउने पक्का छ ।
आज पनि सार्वजनिक बिदा परेको छ । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । आइतबारको बिहानी शो उच्च अकुपेन्सी रहेको र दिउँसोको शो हाउसफुल रहेको निर्देशक भट्टराईले जानकारी दिए ।
एकल बाबुको कथा, बुढ्यौली प्रेम तथा पारिवारिक घटनालाई प्रस्तुत गरिएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह