जाडोमा किन बारम्बार पिसाब लाग्छ ? ५ कारण जान्नुहोस्
हुन त जसले धेरै पानी पिउँछ उसैलाई बारम्बार पिसाब लाग्न सक्छ । तर चिसो मौसम सुरु भएसँगै धेरैजसो मानिसले बारम्बार पिसाब लाग्ने गुनासो गर्छन् । कतिपयलाई हरेक मौसममा बारम्बार पिसाब लाग्ने गर्छ, यो कुनै न कुनै मेडिकल अवस्थाको कारण हुन सक्छ । तर कतिलाई भने चिसो मौसम सुरु हुने बित्तिकै अलि बढी नै शौचालय जानुपर्ने हुनसक्छ । यस्तो किन भएको होला त, यसबारे जानकारी लिऔँ ।
जाडोमा बारम्बार पिसाब लाग्नुका कारण
१. रक्त प्रवाह बढ्नु
जाडोमा बारम्बार वा धेरै पिसाब लाग्नुको मुख्य कारण रगतको प्रवाह बढ्नु पनि हो । वास्तवमा हाम्रो शरीरलाई ३६–३७ डिग्री तापक्रममा बस्ने बानी छ । तर जाडोमा तापक्रम घट्दै जाँदा रक्तनलीहरू साँघुरो हुन थाल्छ । यस्तो अवस्थामा अंगहरूमा रगत प्रवाह र दबाब बढ्छ । जब रगत मृगौलासहित अन्य महत्वपूर्ण अंगहरूमा जान्छ, मृगौलाले रगत फिल्टर गर्न लामो समय लिन सक्छ । किनभने रगतको प्रवाह बढी हुँदा मिर्गौलाले रगतलाई बढी फिल्टर गर्नुपर्छ । यस्तो अवस्थामा, तपाईंलाई बारम्बार पिसाब लाग्न सक्छ ।
२. पसिना कम आउनु
गर्मीमा हामी धेरै पानी पिउने गर्छौं तर जाडोको तुलनामा कम शौचालय जानुपर्छ । गर्मी मौसममा हामीले पिउने पानी पनि पसिनाबाट बाहिर निस्कने भएकाले यस्तो हुन्छ । यस्तोमा कमै पिसाब आउँछ । तर जाडोमा पसिना नआएपछि हामीले खाएको सबै पानी पिसाबबाट बाहिर निस्कन्छ । पसिना कम आउँदा पनि जाडोमा बारम्बार पिसाब लाग्ने गर्छ ।
३. रगत फिल्टर गर्न आवश्यक
कम तापक्रममा, मृगौलाले अलि बढी नै रगत फिल्टर गर्नुपर्छ त्यसैले पनि पिसाब बढी नै आउँछ ।
४. डायरेसिस
डायरेसिसस पनि बारम्बार पिसा लाग्नुको एउटा कारण हुनसक्छ । डायरेसिसको स्थितिमा शरीरबाट पानी त बाहिर निस्कन्छ, यसका साथै नुन र मिनरल्स पनि बाहिर निस्कन थाल्छ । यो स्थितिमा व्यक्तिलाई कमजोर महसुस हुनसक्छ । डायरेसिसको समस्या त्यतिबेला बढ्छ जब चिसो मौसमको आगमन हुन्छ । अर्थात्, चिसो मौसममा कम तापक्रमका कारण डायरेसिसको लक्षणमा वृद्धि हुनसक्छ र बारम्बार पिसाब आउन सक्छ ।
५. मृगौला संक्रमण र मधुमेह
यी बाहेक मिर्गौलाको संक्रमण र मधुमेह पनि बारम्बार पिसाब लाग्नुको प्रमुख कारण हुनसक्छ । मृगौला संक्रमण र मधुमेह भएको अवस्थामा भने सबै मौसममा बारम्बार पिसाब लाग्न सक्छ । तर जाडोमा यसको समस्या बढ्न सक्छ ।
– ओन्ली माई हेल्थ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण