मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

निलो टिकमा शुल्क लगाउने ट्वीटरको निर्णय

बुधबार, १६ कात्तिक २०७९, २१ : १२
बुधबार, १६ कात्तिक २०७९

ट्वीटर कम्पनीका नयाँ मालिक इलन मस्कले अब ‘ब्लु टिक’ धारी अकाउन्टलाई मासिक आठ डलर लिने शुल्क लिने बताएका छन् । ट्वीटरमा ‘भेरिफाईड’ अकाउन्टहरुको छेउमा निलो ‘टिक’ देखिने गर्छ ।  हालसम्म यो निःशुल्क थियो भने अब निलो टिक खातावालाले पैसा तिर्नुपर्ने भएको छ । विगतमा ट्वीटरले उसका मापदण्ड पुरा गर्ने उल्लेखनीय खाता भएकाहरूलाई ब्लु टिक दिन्थ्यो ।

तथापि ट्वीटरले गत वर्ष जुनमा ल्याएको ट्वीटर ब्लु उपभोग गर्नेहरूले भने केही शुल्क तिर्नुपथ्र्यो । यस सब्स्क्राइबर सेवा उपभोग गर्नेहरूले तिनका ट्वीट सम्पादन(एडिट) गर्न सक्छन् ।   विज्ञापन माथिको निर्भरता कम गर्नका लागि यस्तो कदम उठाएको मस्कले बताएका छन् । मस्कले यो शुल्क ‘देशको क्रय शक्तिको आधारमा समायोजना हुने’ बताएका छन् । 

मस्कले टिक हुने सब्क्राईबरहरुलाई थप सुविधाहरु हुने पनि खुलासा गरेका छन्  । उनका अनुसार तिनले कमेन्ट गर्न, कसैलाई मेन्सन गर्न र केही खोज्न बढी सहजता पाउनेछन् । त्यस्तै भेरिफाईड अकाउन्ट भएकाहरुले लामा अडियो तथा भिडियो पनि पोष्ट गर्न सक्नेछन् । 

विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले गत साता ४४ अर्ब डलरको ट्वीटर खरिद सम्झौतालाई पूर्णता दिएका थिए । त्यसअघि लामो समय कम्पनी र मस्कबीच खरिद विषयमा विवाद भएको थियो ।  मस्कको खरिदपछि ट्वीटर भेरिफाईड खातावालाहरुसँग मासिक २० डलर तिराउने चर्चा चलेको थियो । तर मस्कले अहिले औपचारिक रुपमा यसको मूल्य आठ डलर हुने बताएका छन् । 

सन् २०२१ मा ट्वीटरका कुल ४० करोड सक्रिय प्रयोगकर्तामध्ये लगभग ४ लाख भेरिफाईड अकाउन्टबाहक थिए । यदि यी सबैले नै तिनको निलो टिक कायम राख्न पैसा तिर्न तयार भए भने पनि कम्पनीले मासिक ३२ लाख डलर कमाउनेछ । 

यो अनुमान ट्वीटरले नयाँ निमयन मार्फत कमाउन सक्ने अधिकतम रकम हो । किनकि नयाँ नियमपछि कति निलो टिक एकाउन्ट चलाउनेहरूले पैसा तिर्नु साटो बिना निलो टिक नै अकाउन्ट चलाउन सक्छन् ।  तथापि निलो टिकमा शुल्क लगाएर ट्वीटरको नयाँ आम्दानीको स्रोत भेट्न सक्ने भए पनि कम्पनी अझै संकट मै हुनेछ ।

मस्कले ट्वीटर खरिद गर्नुअघि नै ट्वीटर घाटामा चलिरहेको थियो । यसले अप्रिलदेखि जुनसम्म मात्रै झन्डै २७ करोड डलर गुमाएको थियो । कम्पनीले अर्बौँ डलरको ऋणमा वर्षेनी ठूलो रकम तिर्नुपर्ने अवस्था छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप