नेपाली फिल्म विश्वबजारमा नपुगेकोमा अभिनेता थापाको चिन्ता

अभिनेता अपर्ण थापाले विश्व बजारमा नेपाली फिल्म पुर्याउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । विश्व बजार ब्यवसायको लागि खुला भए पनि हामीले त्यसको सदुपयोग गर्न नसकेको उनको धारणा थियो ।
‘हाम्रो पालासम्म नेपाली फिल्म यसरी नै चल्ने हो कि भन्ने डर आफूमा सधैं रहने गर्छ’ थापाले भने ‘सधैं नै चलिरहेको छ भनेर नै चल्ने हो कि, विश्व बजारमा हाम्रो फिल्म पनि चिनाउने हो ।’ फिल्म एउटा ठाउँमा पालिने माछा नभएकोले यसलाई व्यापकता दिनुपर्ने उनको भनाइ रहेको छ ।
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लाखे’ को प्रचारका मिडियासँग कुरा गर्दै उनले हामीसँग पनि कथा छ, कलाकार छन् भनेर सबैले सोचेर काम गर्ने बेला आएको बताए । फिल्मलाई आर्टको रुपमा लिएर संसारभर नाम कमाउनुपर्ने उनको बिचार रहको थियो ।
‘नेपाल सधै सगरमाथाको देश भनेर मात्र चिनाउने कि फिल्मका कारण पनि चिनाउने हो ?’ उनको प्रश्न रहेको थियो । ‘लाखे’ मा अपर्णको अलवा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित